Saturday, 13 November 2010


धेरै छन् साथी तिम्रा
सबैको घर हुँदै आउनु
हाँसो खुशी अरुसंगै बाँड्नु
मेरो कोठा रुँदै आउनु

Tuesday, 21 September 2010

एक्स जीफ

साह्रै नरमाइलो हुँदोरैछ साथी
एक्स जीफ प्रेग्नन्ट भईरे भन्या सुन्दा,
अनायसै आँशु झर्यो,पोलिराछ छाती।

Thursday, 29 July 2010

गे

सोचेउ होला घिउ लाटो छ
जति धोका खुवाएनी खान्छ
सिमसारमा जाकियोसन बरु,
गोहीको आँशु चुवाएनी मान्छ।
नारी सबै घ्रिणा लाग्ने
तिमले गर्दा हे हरे के भयो?
कान्तिपुरमा छापिएला भन्ने डर
ट्राजेडिले एक युबक गे भयो।

Tuesday, 27 July 2010

नेपाली

नेपाली हुँ, ठुलो सपना देख्ने अधिकार छैन
लाग्दैन रकेट बनाएर उडाउन पाए हुन्थ्यो ,,
लाग्छ मनमा बरु स्याउ यार्चा र निर्मसी फल्ने,
पाखाबेशी जोड्ने गाडा गुडाउन पाए हुन्थ्यो।

Monday, 26 July 2010

रेखा


प्रदसन नहुने अङहरुको कामै छैन भन्छिन रेखा
साडिचोलोमा निर्माताहरुको दामै छैन भन्छिन रेखा
आघात पर्‍यो भर्जिन खोज्ने मेरो अभियानमा जब
जवानीमा लुकामारी नखेल्नेत गामै छैन भन्छिन रेखा।

ठुटो चुरोट

बसको पछिल्तिर सीट्मा बस्नेहरुलाई उती गतिलो मान्न सकिन्न। उसो त उ मेरो नजिकै बस्न आयो। चिल्लो पहेलो सि जुत्ता तेसले सन्डे ग्रीन्विच मार्केट्बाट लिएको हुनसक्छ ,अक्सर गरीबहरु त्यही सपिङ गर्छन्। मोटो गनाईरहेको त्यो अफ्रिकनले कालै जाकेट र पाइन्ट पनि लगाएको छ, ती सेकेन्डह्यान्ड लुगा हुन भन्ने म सजीलै चिन्छु। काउ बोय ह्याट लाएर हिंडेको उसले प्लास्टिकको झोलामा केही बचेँको खानेकुरा ल्याए जस्तै देखिन्छ। प्राय जस्तो गरीब मुलुकका मानिसहरु यहाँ क्लिनर वा होटेल रेस्टुराँमा भाँडा माज्ने पोर्टरको काम गर्छन्। उसले या त दिउँसो बचेँको खाना ल्याएको हुनुपर्छ वा साउले बडी भएर फाल्न लागेको खानेकुरा।
गन्तब्य स्थल पुग्नलाई अब अली परको स्टेसनबाट ५३ न को बस समात्नु पर्छ। वूल्विच भनेपछी सबैलाई थाहा छ, त्यहाँ निम्नस्तरका मानिसहरु मात्र बस्छन, बिचरा उ। बस आउन केही ढिला गर्छ। उ अब यसो भुइतिर केही खोजे जस्तै गर्छ। ठुटो चुरोट खोजेको हो भन्ने म सजीलै अनुमान गर्छु।लण्डनमा चुरोट महँगो छ। जो पायोले किन्ने हैसियत राख्दैन र बरु जमिनमा अरुले फालेका ठुटाहरु खोजेर सल्काउँछन्।कत्तिन आफैसँग चुरोट भएजस्तै गरेर उ सान्दार तरिकाले लाईटर निकाल्छ र गोजी भित्र छाम्छ।अचम्म उसले एक प्याकेट मेईफैर निकाल्छ र एउटा सल्काउँछ।दिन्भर काम गरेर दुनियाँको टोकस सहेर म मद्यरातमा घर फर्कदै छु। झन्डै आदिघण्टापछी एउटा बस आइपुग्छ। छिट्टै घर पुगेर खाने सुत्ने कुरा म बिर्सन्छु, अरको बस चड्न अझै आधिघन्टा कुर्नुपर्छ पनि बिर्सन्छु । बस स्ट्पको पोलमा चुरोट ठोसेर फाल्दै उ हतारहतार बसभित्र उक्लन्छ। सबै जना चड्छन्, ड्राइभरले मलाई भित्र आउन सन्केत गर्दै लामो समय ढोका खुलै राख्छ। तर म उक्लन्न बरु प्रसन्न मुद्रामा भुइँतिर हेरिरहन्छु।

Saturday, 26 June 2010

पागलपन

म पागल भएछु भने शायद पागलपन
तिम्रो नाम जप्दै हिँड्नु बन्नेछ
बरु आइ लोभ यू टु भन प्रिया,नत्र
दुनियाँले तिमीलाई पापी भन्नेछ।

Monday, 14 June 2010

प्रेम


सम्झौता रहेछ हामीबिचको प्रेम,
तिमीलाई किन्ने जोहो अझै गरेको छैन;
लाखौं सुन्दरी छन् यो विश्वभरि, तर
तिमिमात्र चाहने पागल म अझै मरेको छैन ।

साला भगवान

थुक्क भगवान!!!साला भगवान!!!
तेरो देबालय र मुर्तीहरुमा मुँतुमुँतु लाग्छ।
यो फुटेको भाग्य लिई बाँच्नुभन्दा,
दोस्ती गरि चिहानसंगै सुँतुसुँतु लाग्छ।

ज्योतिष


डाक्टर इन्जिनीयर बन्नलाई,
सरस्वतीको आसै छैन भन्छन् ज्योतिष
धनको जोहो गर्नलाई, कुण्डलीमा
लक्ष्मीको बासै छैन भन्छन् ज्योतिष
के गरुँ भबिस्यमा सोध्या त, बाँच्नुको
औचित्य खासै छैन भन्छन् ज्योतिष।।

Sunday, 6 June 2010

बाटो

तिमीलाई भेट्न आउँदै थिएँ, बिरालोले बाटो काट्यो !
भैगो अरु नकुर प्रिय,cos
अर्को बाटो जाँदा अर्की भेटें, छोरोले उसैलाई आँट्यो।

रङिन दुनियाँ

जवानीको सोमपान पिउने रहर हुँदाहुँदै,
बुढेसकालझैं दिनचर्याले चाउरिसके छालाहरु।
जमानाको मागनुसार चलिएन कहिल्यै,
दुनियाँ
रङिन छ दाई भन्छन्,हिजो जन्म्या बालाहरु।

Monday, 31 May 2010

बानी

छोयो कि त कराउने बानी नराम्रो
छीन छीन मै हराउने बानी नराम्रो
साह्रै राम्री छौ नि काली हेरु हेरु लागिरहने
तर ,दुनियाँलाई चराउने बानी नराम्रो
(Ashok Sapkota Via Facebook)

Thursday, 27 May 2010

नगरबधु

धेरैपछी भेट भयो,देखें केटाहरुकै माझ तिमी
नगरबधु भाकी रैछेउ,
कुम जोडी खित्का छाड्न मानिनौ लाज तिमी।

Saturday, 22 May 2010

नोट अफ डिसेन्ट।

तेसै पनि भुल्न गाह्रो मातिएका साथहरु
प्रेम प्याला पिलाउने नसालु ति हात हरु
भयो अब छोडिदेउ सम्झनामा आउनलाई
सम्झी प्रिया तिमीलाई कठिन् हुन्छ रात हरु(Facebook:Ashok)

यस्तै रैछन केटीहरु पार्दारैछन सबैलाई आघात्,
डर कतै दाजुभाइलाई पर्योकी उही नसालु हात्।
कस्ती थीइन् भनत अग्ली होचि काली गोरी??
गुरुङ मगर बाहुन छेत्री,कुन जातकी हो छोरी??
सिलिम थी की मोटी पोक्ची?कस्तो लाउँथी टीसर्ट पेन्ट,
एउटै परे लेख्नु पर्‍यो GOD लाई नोट अफ डिसेन्ट। (My comment)

रोग

Phul ma pani timi chhau...... paat ma pani timi chhau...... jata jata heryo tetai tetai timi chhau.......(Facebook:Sansar)

Timro ta teti deep rainchha yar.......mero hera ta.....
उकालोमापनि तिमी देख्छु, ओरालोमा पनि तिमी देख्छु
कस्तो रोग लाग्यो कुन्नी मलाई ,
आजकल कुकुर बिरालोमा पनि तिमी देख्छु। (My comment)

BACK UP

तिमी बिना बाँच्न गाह्रो भो, मुटु दुखिरन्छ सास फेर्न सारो भो !!!!!!!!!!!!!(Facebook:Sansar)

बाँच्न गाह्रो पार्ने गरि लौ फसेछौ कुन नानिमा,
मुटु दुख्ने के रोग बेशाएउ यार यो जवानीमा
सुनेको छु जबानभन्दा केटीहरु बुढो ताक्छन रे!
आजकल सबैले कोही न कोही BACK UP राख्छन रे!(My comment)

हजुर

प्यार हजुरको यो मन हजुरको
सुम्पिसके सारा अब यो तन हजुरको
आउ अन्गालो मा चुम्न देउ मलाई
गरे हुन्छ मनोमानी यो जोबन हजुरको(Facebook:Ashok)

जवानीको उन्मातले भरिएको मुक्तकमात्र के हो हजुरको ताल?
रहेन यो फेसबूकपनि अब हामीजस्तो सन्तपुरुशको सन्जाल।
दिनदहाडै अङालो चुम्बन लाग्छ अली ज्यादा भो की हजुरको?
कसैको लाजका गहना अपबित्र पार्ने गलत इराधा हो की हजुरको?(My comment)

भानु काका


हेय्! भानु काका हिजो रात् हजुरका बडो याद आया
म पापीकन बरु घाँसी भैदेका भए हुन्थ्यो भन्ने लाया
दुई आन जोड्न दौददैथे सडकमा देख्या एक मनुस्य लड्या
आ जे सुकै होस् अरुलाई लग्या स्वार्थी मनमा अगी बड्या

मुला

मन जित्ने रहर थियो कसैको झन् हारेर पो फर्कें
अङ्गुर अमिलो छ टिप्ने इछ्यानै मारेर पो फर्कें
शहरभरी हल्ला छ, झोली भरी फिर्छ होला भनि
आफ्नो दुर्भाग्य, मुला खाई डकारेर पो फर्कें ।

बिहे

सम्झँदा नी आसुँ आउने बडो दुख्ही प्राणी म
मकैका घुन झै आसाहरु पिनियो हरे!
उनलाई आफ्नो बनाउने सोच्द सोच्दै
हिजोनै उनको अर्कैसँग,बिहे छिनियो रे।

Sunday, 18 April 2010

घरज्वाँई

मैले तिमिलाई पाउनैपर्छ भन के के तोडेर आउँ

सोझै ढोकाबाट आउँ कि झ्यालको रेलिङ् तोडेर आउँ

सुटेड बुटेड रबाफिलो बनेर आउँ कि भन?

गरिबनै ठिक छ तिमिलाई थोत्रो च्यादर ओडेर आउँ

कुन भगवान पुज्छेउ तिम्ले खुदा ख्हृस्ट वा हिन्दु

कसको मन्दिरमा भन दुई हात जोडेर आउँ

कस्ता मूडका छन् तिम्रा बाबु सुनाउ न प्रीया

के मायाजालि बातबृक्ष गोडेर आउँ

सम्पतिको नाममा पर्ने दुईटा कसौंडि बोकेरै ल्याउँ कि

घरज्वाँई बस्ने हिसाबले त्योपनि छोडेर आउँ???

मुला

मन जित्ने रहर थियो कसैको झन् हारेर पो फर्कें
अङ्गुर अमिलो छ टिप्ने इछ्यानै मारेर पो फर्कें
शहरभरी हल्ला छ, झोली भरी फिर्छ होला भनि
आफ्नो दुर्भाग्य, मुला खाई डकारेर पो फर्कें ।

Tuesday, 13 April 2010

अचेल

मिल्नु छ आखिर एकदिन माटोसँग,यी कङंकड,गिटी,बालुवासँग
अभुतपुर्ब साईनो गाँस्ने रहर जागेको छ अचेल
निसासियो जिन्दगी मान्छेहरुबिच स्वार्थ र पापले,समुन्द्रछेउ कतै
एकलै दिल खोलेर हाँस्ने रहर लागेको छ अचेल।

बाँच्न

न आफुलाई केही गर्न सकियो
न अरुलाई केही गर्न सकियो
बाँच्न गाह्रो भैसक्यो यहाँ,
बरु मृत्‍युसँग दुरी नजिकियो।

लत्


तिम्रो यादमा चुरोट पिएँ…

तिम्रो यादमा रक्सि पिएँ,

धन्न एक् हप्तामै दुबै लत् छुट्यो cos,,,

यो ज्यान अर्कि सून्दरीलाई सुम्पिदिएँ ।

बैरागी

बैरागी भै बाचिरछ नभन्नु कसैले,

सम्पतिको नाम्मा एउटै तन् छ हजुर्:

आफुले लाउन खन नपायेनी के भो र?

अरुलेनै लाको खाको हेरेर मर्न मन् छ हजुर्…………………।

हामी बीच

उनले हेरिन मैले हेरें

फेरी मैले हेरें उनले हेरिन ,

हामी बीच हेराहेरको कथा लामो छ

न उनी बोल्छिन न म बोल्छु

बोल्दै नबोली सिद्दिन लाको ,

हामी बीच मयाप्रेमको बेथा लामो छ।

गरिब खुन

कस्को पो हुन्न र मन कोमल तन छुनलाई हजुर

मेरो पनि थिएन नि मन ब्रमचारि हुनलाई हजुर
रसबिग्यान जन्दिन म के हुन्छ नारिहृदयभित्र
नजिकिन खोज्दा ताढिएर झन् परो रुनलाई हजुर
पित्तलै पित्तल परे जस्तो छ मेरो भागमा
लेखेनकि के हो भाबिले पाउन सुनलाई हजुर

सबैको जोडि छुट्याउछ भन्छन् इश्वोरले नै

छुट्यानकि के हो यो गरिब खुनलाई हजुर

सम्पतिको नाममा बुढिआमा र एककोठे घर छ

बिहे भैहालेनि गारो सुहागरातको कुनालाई हजुर ।

आधुनिकता

छ् या आधुनिकतापनि चरमचुलि गाको छ

"छोरी पढाउन हुन्न"उक्ति सार्थक भाको छ

धरान,काठमान्डु,पोखरा सार्बजनिक स्थलमै

केटासँग लडिबुडि खेल्या पत्रीकामै आको छ

कुमारित्व के ले मापन गरुँ म हरे शिव!

सिताको योनिमा पनि पाण्डबहरु गनाको छ

कुमार छु मै बैरागि पबित्रा कोहि नभेटाँउदा

लिङ्ग काटि महादेवलाई चडाँउझै बनाको छ।