Sunday 18 April 2010

घरज्वाँई

मैले तिमिलाई पाउनैपर्छ भन के के तोडेर आउँ

सोझै ढोकाबाट आउँ कि झ्यालको रेलिङ् तोडेर आउँ

सुटेड बुटेड रबाफिलो बनेर आउँ कि भन?

गरिबनै ठिक छ तिमिलाई थोत्रो च्यादर ओडेर आउँ

कुन भगवान पुज्छेउ तिम्ले खुदा ख्हृस्ट वा हिन्दु

कसको मन्दिरमा भन दुई हात जोडेर आउँ

कस्ता मूडका छन् तिम्रा बाबु सुनाउ न प्रीया

के मायाजालि बातबृक्ष गोडेर आउँ

सम्पतिको नाममा पर्ने दुईटा कसौंडि बोकेरै ल्याउँ कि

घरज्वाँई बस्ने हिसाबले त्योपनि छोडेर आउँ???

मुला

मन जित्ने रहर थियो कसैको झन् हारेर पो फर्कें
अङ्गुर अमिलो छ टिप्ने इछ्यानै मारेर पो फर्कें
शहरभरी हल्ला छ, झोली भरी फिर्छ होला भनि
आफ्नो दुर्भाग्य, मुला खाई डकारेर पो फर्कें ।