फित्तलो भाषाको छुट्टै छबी,हजुर यो हो तुर्रे कवि!
Monday, 14 June 2010
प्रेम
सम्झौता रहेछ हामीबिचको प्रेम,
तिमीलाई किन्ने जोहो अझै गरेको छैन;
लाखौं सुन्दरी छन् यो विश्वभरि, तर
तिमिमात्र चाहने पागल म अझै मरेको छैन ।
साला भगवान
थुक्क भगवान!!!साला भगवान!!!
तेरो देबालय र मुर्तीहरुमा मुँतुमुँतु लाग्छ।
यो फुटेको भाग्य लिई बाँच्नुभन्दा,
दोस्ती गरि चिहानसंगै सुँतुसुँतु लाग्छ।
ज्योतिष
डाक्टर इन्जिनीयर बन्नलाई,
सरस्वतीको आसै छैन भन्छन् ज्योतिष
धनको जोहो गर्नलाई, कुण्डलीमा
लक्ष्मीको बासै छैन भन्छन् ज्योतिष
के गरुँ भबिस्यमा सोध्या त, बाँच्नुको
औचित्य खासै छैन भन्छन् ज्योतिष।।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)