Sunday 18 April 2010

घरज्वाँई

मैले तिमिलाई पाउनैपर्छ भन के के तोडेर आउँ

सोझै ढोकाबाट आउँ कि झ्यालको रेलिङ् तोडेर आउँ

सुटेड बुटेड रबाफिलो बनेर आउँ कि भन?

गरिबनै ठिक छ तिमिलाई थोत्रो च्यादर ओडेर आउँ

कुन भगवान पुज्छेउ तिम्ले खुदा ख्हृस्ट वा हिन्दु

कसको मन्दिरमा भन दुई हात जोडेर आउँ

कस्ता मूडका छन् तिम्रा बाबु सुनाउ न प्रीया

के मायाजालि बातबृक्ष गोडेर आउँ

सम्पतिको नाममा पर्ने दुईटा कसौंडि बोकेरै ल्याउँ कि

घरज्वाँई बस्ने हिसाबले त्योपनि छोडेर आउँ???

No comments:

Post a Comment