बसको पछिल्तिर सीट्मा बस्नेहरुलाई उती गतिलो मान्न सकिन्न। उसो त उ मेरो नजिकै बस्न आयो। चिल्लो पहेलो सि जुत्ता तेसले सन्डे ग्रीन्विच मार्केट्बाट लिएको हुनसक्छ ,अक्सर गरीबहरु त्यही सपिङ गर्छन्। मोटो गनाईरहेको त्यो अफ्रिकनले कालै जाकेट र पाइन्ट पनि लगाएको छ, ती सेकेन्डह्यान्ड लुगा हुन भन्ने म सजीलै चिन्छु। काउ बोय ह्याट लाएर हिंडेको उसले प्लास्टिकको झोलामा केही बचेँको खानेकुरा ल्याए जस्तै देखिन्छ। प्राय जस्तो गरीब मुलुकका मानिसहरु यहाँ क्लिनर वा होटेल रेस्टुराँमा भाँडा माज्ने पोर्टरको काम गर्छन्। उसले या त दिउँसो बचेँको खाना ल्याएको हुनुपर्छ वा साउले बडी भएर फाल्न लागेको खानेकुरा।
गन्तब्य स्थल पुग्नलाई अब अली परको स्टेसनबाट ५३ न को बस समात्नु पर्छ। वूल्विच भनेपछी सबैलाई थाहा छ, त्यहाँ निम्नस्तरका मानिसहरु मात्र बस्छन, बिचरा उ। बस आउन केही ढिला गर्छ। उ अब यसो भुइतिर केही खोजे जस्तै गर्छ। ठुटो चुरोट खोजेको हो भन्ने म सजीलै अनुमान गर्छु।लण्डनमा चुरोट महँगो छ। जो पायोले किन्ने हैसियत राख्दैन र बरु जमिनमा अरुले फालेका ठुटाहरु खोजेर सल्काउँछन्।कत्तिन आफैसँग चुरोट भएजस्तै गरेर उ सान्दार तरिकाले लाईटर निकाल्छ र गोजी भित्र छाम्छ।अचम्म उसले एक प्याकेट मेईफैर निकाल्छ र एउटा सल्काउँछ।दिन्भर काम गरेर दुनियाँको टोकस सहेर म मद्यरातमा घर फर्कदै छु। झन्डै आदिघण्टापछी एउटा बस आइपुग्छ। छिट्टै घर पुगेर खाने सुत्ने कुरा म बिर्सन्छु, अरको बस चड्न अझै आधिघन्टा कुर्नुपर्छ पनि बिर्सन्छु । बस स्ट्पको पोलमा चुरोट ठोसेर फाल्दै उ हतारहतार बसभित्र उक्लन्छ। सबै जना चड्छन्, ड्राइभरले मलाई भित्र आउन सन्केत गर्दै लामो समय ढोका खुलै राख्छ। तर म उक्लन्न बरु प्रसन्न मुद्रामा भुइँतिर हेरिरहन्छु।
seems to be a true fiction. Great Laghukatha indeed.
ReplyDelete