Tuesday, 26 April 2011

स्कर्ट

उहीले बज्यैको पालामा
पतीलाई परमेश्वोर मान्थे थे
आमाहरुले सबेरै उठी
गोडाको पानी खान्थे रे,
अहिले गलफ्रेन्डको पालामा
कुर्ता लाउन मान्ने होईन
छोटा स्कर्ट लाका छन्
महिला अधिकार धेरै भो नेपालमा,
केटीहरु दादा भाका छन्।

Saturday, 13 November 2010


धेरै छन् साथी तिम्रा
सबैको घर हुँदै आउनु
हाँसो खुशी अरुसंगै बाँड्नु
मेरो कोठा रुँदै आउनु

Tuesday, 21 September 2010

एक्स जीफ

साह्रै नरमाइलो हुँदोरैछ साथी
एक्स जीफ प्रेग्नन्ट भईरे भन्या सुन्दा,
अनायसै आँशु झर्यो,पोलिराछ छाती।

Thursday, 29 July 2010

गे

सोचेउ होला घिउ लाटो छ
जति धोका खुवाएनी खान्छ
सिमसारमा जाकियोसन बरु,
गोहीको आँशु चुवाएनी मान्छ।
नारी सबै घ्रिणा लाग्ने
तिमले गर्दा हे हरे के भयो?
कान्तिपुरमा छापिएला भन्ने डर
ट्राजेडिले एक युबक गे भयो।

Tuesday, 27 July 2010

नेपाली

नेपाली हुँ, ठुलो सपना देख्ने अधिकार छैन
लाग्दैन रकेट बनाएर उडाउन पाए हुन्थ्यो ,,
लाग्छ मनमा बरु स्याउ यार्चा र निर्मसी फल्ने,
पाखाबेशी जोड्ने गाडा गुडाउन पाए हुन्थ्यो।

Monday, 26 July 2010

रेखा


प्रदसन नहुने अङहरुको कामै छैन भन्छिन रेखा
साडिचोलोमा निर्माताहरुको दामै छैन भन्छिन रेखा
आघात पर्‍यो भर्जिन खोज्ने मेरो अभियानमा जब
जवानीमा लुकामारी नखेल्नेत गामै छैन भन्छिन रेखा।

ठुटो चुरोट

बसको पछिल्तिर सीट्मा बस्नेहरुलाई उती गतिलो मान्न सकिन्न। उसो त उ मेरो नजिकै बस्न आयो। चिल्लो पहेलो सि जुत्ता तेसले सन्डे ग्रीन्विच मार्केट्बाट लिएको हुनसक्छ ,अक्सर गरीबहरु त्यही सपिङ गर्छन्। मोटो गनाईरहेको त्यो अफ्रिकनले कालै जाकेट र पाइन्ट पनि लगाएको छ, ती सेकेन्डह्यान्ड लुगा हुन भन्ने म सजीलै चिन्छु। काउ बोय ह्याट लाएर हिंडेको उसले प्लास्टिकको झोलामा केही बचेँको खानेकुरा ल्याए जस्तै देखिन्छ। प्राय जस्तो गरीब मुलुकका मानिसहरु यहाँ क्लिनर वा होटेल रेस्टुराँमा भाँडा माज्ने पोर्टरको काम गर्छन्। उसले या त दिउँसो बचेँको खाना ल्याएको हुनुपर्छ वा साउले बडी भएर फाल्न लागेको खानेकुरा।
गन्तब्य स्थल पुग्नलाई अब अली परको स्टेसनबाट ५३ न को बस समात्नु पर्छ। वूल्विच भनेपछी सबैलाई थाहा छ, त्यहाँ निम्नस्तरका मानिसहरु मात्र बस्छन, बिचरा उ। बस आउन केही ढिला गर्छ। उ अब यसो भुइतिर केही खोजे जस्तै गर्छ। ठुटो चुरोट खोजेको हो भन्ने म सजीलै अनुमान गर्छु।लण्डनमा चुरोट महँगो छ। जो पायोले किन्ने हैसियत राख्दैन र बरु जमिनमा अरुले फालेका ठुटाहरु खोजेर सल्काउँछन्।कत्तिन आफैसँग चुरोट भएजस्तै गरेर उ सान्दार तरिकाले लाईटर निकाल्छ र गोजी भित्र छाम्छ।अचम्म उसले एक प्याकेट मेईफैर निकाल्छ र एउटा सल्काउँछ।दिन्भर काम गरेर दुनियाँको टोकस सहेर म मद्यरातमा घर फर्कदै छु। झन्डै आदिघण्टापछी एउटा बस आइपुग्छ। छिट्टै घर पुगेर खाने सुत्ने कुरा म बिर्सन्छु, अरको बस चड्न अझै आधिघन्टा कुर्नुपर्छ पनि बिर्सन्छु । बस स्ट्पको पोलमा चुरोट ठोसेर फाल्दै उ हतारहतार बसभित्र उक्लन्छ। सबै जना चड्छन्, ड्राइभरले मलाई भित्र आउन सन्केत गर्दै लामो समय ढोका खुलै राख्छ। तर म उक्लन्न बरु प्रसन्न मुद्रामा भुइँतिर हेरिरहन्छु।