Saturday, 26 June 2010

पागलपन

म पागल भएछु भने शायद पागलपन
तिम्रो नाम जप्दै हिँड्नु बन्नेछ
बरु आइ लोभ यू टु भन प्रिया,नत्र
दुनियाँले तिमीलाई पापी भन्नेछ।

Monday, 14 June 2010

प्रेम


सम्झौता रहेछ हामीबिचको प्रेम,
तिमीलाई किन्ने जोहो अझै गरेको छैन;
लाखौं सुन्दरी छन् यो विश्वभरि, तर
तिमिमात्र चाहने पागल म अझै मरेको छैन ।

साला भगवान

थुक्क भगवान!!!साला भगवान!!!
तेरो देबालय र मुर्तीहरुमा मुँतुमुँतु लाग्छ।
यो फुटेको भाग्य लिई बाँच्नुभन्दा,
दोस्ती गरि चिहानसंगै सुँतुसुँतु लाग्छ।

ज्योतिष


डाक्टर इन्जिनीयर बन्नलाई,
सरस्वतीको आसै छैन भन्छन् ज्योतिष
धनको जोहो गर्नलाई, कुण्डलीमा
लक्ष्मीको बासै छैन भन्छन् ज्योतिष
के गरुँ भबिस्यमा सोध्या त, बाँच्नुको
औचित्य खासै छैन भन्छन् ज्योतिष।।

Sunday, 6 June 2010

बाटो

तिमीलाई भेट्न आउँदै थिएँ, बिरालोले बाटो काट्यो !
भैगो अरु नकुर प्रिय,cos
अर्को बाटो जाँदा अर्की भेटें, छोरोले उसैलाई आँट्यो।

रङिन दुनियाँ

जवानीको सोमपान पिउने रहर हुँदाहुँदै,
बुढेसकालझैं दिनचर्याले चाउरिसके छालाहरु।
जमानाको मागनुसार चलिएन कहिल्यै,
दुनियाँ
रङिन छ दाई भन्छन्,हिजो जन्म्या बालाहरु।